तनहुँको चुदेर गाउँलाई ‘एकीकृत नमुना बस्ती’ बनाउने तयारी
तनहुँ | मंसिर २९, २०७९
PHOTO: ASBIN DESIGN, DAMAULI
तनहुँ: व्यास नगरपालिका ५ स्थित मगर गाउँ चुदेरलाई ‘एकीकृत नमुना बस्ती’ बनाउने तयारी थालेको छ । रोट्रयाक्ट क्लब अफ होनोलुलू हुवाई अमेरिकाले एकीकृत नमुना बस्ती बनाउने तयारी थालेको हो ।
यसअघि उक्त क्लबले चुदेरमा करिब ८० लाखको लागतमा खानेपानीको योजना सम्पन्न गरिसकेको छ ।
गत २७ गते आयोजित कार्यक्रमकाबीच सो गाउँलाई एकीकृत नमुना बस्तीको रुपमा विकास गर्नका लागि गुरुयोजना बनाइने दातृसंस्था क्लबका प्रतिनिधिले सुनाएको स्थानीय विकास थापामगरले बताए । ‘अमेरिकाको हुवाइबाट आएको रोट्रयाक्ट क्लब अफ होनोलुलूले हाम्रो गाउँमा खानेपानीको प्रोजेक्ट सम्पन्न गरिसकेको छ । र हामी लाभाविंत भइसकेका छौं, थापामगरले भने, हस्तान्तरण पहिल्यै भएपनि अहिले दोस्रोपटक उहाँहरु आउनुभएको थियो । त्यही कार्यक्रममा यो गाउँलाई एकीकृत नमुना बस्ती बनाउन डिपिआर तयार गर्ने बताउनुभएको थियो ।’
थापामगरका अनुसार अहिले सो गाउँमा २२ घरधुरी छ ।
उनले खानेपानीको योजना सम्पन्न भएपश्चात अवलोकन र सँस्कृति आदानप्रदान गर्नका लागि अमेरिकाबाट आएको रोट्रयाक्ट क्लबले कृषि विज्ञानसम्बन्धिसमेत तालिम प्रदान गरेको बताए । ‘हाम्रो गाउँमा रोटरी चुदेर खानेपानी योजनाको अवलोकन, संस्कृतिको आदानप्रदान र शिक्षासम्बन्धि कार्यक्रम र एडल्ट साइन्स लिट्रेसी लिएर आउनुभएको थियो, उनले भने, ‘सोही अवसरमा स्थानीयलाई कृषिसम्बन्धि केही सीपमुलक तालिम पनि दिनुभएको थियो ।’

उनले उक्त क्लबको प्रतिबद्धतामा स्थानीय सरकारसमेत सकरात्मक रहेकोे बताए । ‘हाम्रौ गाउँमा पानीको समस्या थियो । त्यो हल भइसकेको छ । विद्युत पनि छदैछ अब बाटो हो त्यो पिच हुन तत्काल सम्भव नभएपनि वडासँग समन्वय गरिरहेका छौं । त्यसलाई के कसरी व्यवस्थित बनाउन सकिन्छ त्यो बारे वडाले पनि सहयोग गर्ने कुरा छ ।’ उनले भने ।
उनले सो गाउँमा मगर जातिमात्रै रहेका बताउदै संस्कृतिलाई संरक्षण गर्न विभिन्न कार्यक्रम नै सञ्चालन हुदै आएको सुनाए । ‘हाम्रो गाउँमा मगरहरुको मात्रै बस्ती छ । संस्कृतिलाई जिवन्त राख्न विभिन्न प्रयासहरु गर्दै आएका छौं ।’ थापामगरले भने ।
त्यसैगरि व्यास नगरपालिका ५ का वडाध्यक्ष विश्व कुमार श्रेष्ठ (हिमाल) ले चुदेरको पर्यटकीय सम्भावना रहेको बताउदै नमुना बस्ती निर्माणको योजना सकरात्मक रहेको बताए । ‘चुदेरको पर्यटकीय सम्भावना अत्याधिक छ, उनले भने, ‘त्यहाँको सँस्कृति जिवितै छ । अहिले आधारभूत पूर्वाधारहरु सबै छन् । त्यसैले पनि गाउँमा फर्किनेहरु पनि हुनुहुन्छ ।’

दातृनिकायको सहयोग आवश्यक रहने बताउदै वडाध्यक्ष श्रेष्ठले चुदेरको विकासको लागि वडाको तर्फबाट आफुले सधै पहल गर्ने बताए । उनका अनुसार सो रोट्रयाक्ट क्लबले व्यास नगरपालिका ५ को जनजुक्त शाही विद्यालयमा माइक्रोस्कोप र उदय माविमा विज्ञानका उपकरण सहयोग गरिएको थियो ।
चुदेर गाउँमा गत २७ गते सम्पन्न कार्यक्रममा रोट्रयाक्ट क्लब अफ होनोलुलू हुवाई अमेरिका, रोट्रयाक्ट क्लब अफ दमौली, आस्था जे रिसर्च एण्ड डेभलभमेन्ट सेन्टरका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

